• मन्थली साकोसको २७ औं वार्षिकोत्सव/स्थापना दिवस आयोजना (२० माघ, २०८०)

  • रामेछाप जिल्लाको सदरमुकाम मन्थली नगरपालिका तथा मन्थली उपत्यका

  • मन्थली साकोस तथा तामाकोशी अस्पताल अवस्थित तामाकोशी सेवा समितिको स्वामित्व रहेको भवन

  • मन्थली सहकारीको कार्यालय तथा सदस्यहरु आर्थिक कारोवार गर्दे

  • विभिन्न क्लष्टर कार्यक्षेत्रमा संचालित २६ औं वार्षिक साधारण सभा (असोज २०–२७, २०८०)

  • २६ औं वार्षिक साधारण सभाको सु–अवसरमा उत्कृष्ट महिला तथा पुरुष बचतकर्ता सदस्यहरु सम्मानित

  • कार्यक्षेत्र अन्तर्गत विभिन्न विद्यालयहरुमा संचालित बाल वित्तिय साक्षरता कार्यक्रम तथा खुत्रुके बचत शुरुवात

  • कार्यक्षेत्र भित्रका अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्त्वकला प्रतियोगिता

  • नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरुबीच सहकारी अन्तक्रिया कार्यशाला गोष्ठी

  • मन्थली साकोस कर्मचारी व्यवस्थापन टिम

हाम्रो बारेमा

मन्थली बचत तथा ऋण सहकारी संस्था लि. वि.स. २०५४ साल माघ २० गते जिल्ला सहकारी कार्यालय काठमाडौंमा दर्ता भई रामेछाप जिल्ला कार्यक्षेत्र रहेको वित्तीय संस्था हो । यो संस्था कानूनी रुपमा दर्ता हुनु अघि २०५० सालमा तामाकोशी सेवा समितिका ११ जना कर्मचारी एंव स्वंयसेवकहरुको प्रत्येकको रु. एक–एक हजार गरी जम्मा रु. ११,०००।– पूँजीबाट अनौपचारिक बचत समूहको रुपमा गठन भई संचालन भएको थियो । प्रारम्भिक रुपमा गठित उक्त अनौपचारिक बचत समूह तामाकोशी सेवा समितिद्वारा २०५४ सालमा संचालित जिल्लाव्यापी सहकारी अभियानको क्रममा थप सदस्यहरुको सहभागितामा मन्थली बचत तथा ऋण सहकारी संस्थाको रुपमा औपचारिक रुपमा दर्ता भएको सहकारी संस्था हो । थप नयाँ सदस्यहरुमा अधिकांश तामाकोशी सेवा समितिका कर्मचारीहरु थिए । सहकारी संस्थाको रुपमा दर्ताका लागि न्यूनतम २५ जना सदस्यहरु हुनुपर्ने प्रावधान रहेको थियो ।
 

मन्थली सहकारी संस्था रामेछाप जिल्लाको सदरमुकाम रहेको मन्थली नगरपालिका–१ मा अवस्थित छ । मन्थली सहकारी संस्था स्थापना हुँदाका बखत यसको कार्यक्षेत्र रामेछाप जिल्लाभरिको साविक ५५ वटै गाविसहरु रहेका थिए । संस्था स्थापनाकालको १४ वर्ष पछि २०६८ देखि मन्थली सहकारीको कार्यक्षेत्र साविक मन्थली गाविस र यसको वरिपरि रहेका अन्य १५ गाविस गरी जम्मा १६ वटा साविक गाविसहरुमा केन्द्रित रहँदै आएको छ । नेपाल सरकारद्वारा स्थानीय तह पुनर्सरचना अनुसार हाल उक्त साविक १६ गाविसहरुमध्ये हाल मन्थली नगरपालिका अन्तर्गत साविकको ९ वटा गाविस, रामेछाप नगरपालिका अन्तर्गत साविक ३ वटा गाविस, लिखु तामाकोशी गाउँपालिका अन्तर्गत साविक ३ वटा गाविस तथा खाँडादेवी गाउँपालिका अन्तर्गत साविक १ गाविस समावेश भएका छन् । यी सबै साविकका १६ वटा स्थानहरु हाल पनि मन्थली सहकारीको कार्यक्षेत्र रहेका छन् ।

मन्थली बचत तथा ऋण सहकारी संस्थाको मूलभूत उद्देश्य हो – सदस्यहरुलाई आफूले आर्जन गरेको आयबाट नियमित रुपले बचत गर्ने बानी बसाल्न उत्प्रेरित गरी संकलन भएको बचत रकमबाट आफ्ना सदस्यहरुलाई सीपमूलक आयआर्जन कार्यक्रम लगायत आर्थिक संकट टार्न उचित ब्याज दरमा ऋण लगानी गरी सदस्यहरुको आर्थिक–सामाजिक अवस्थामा सुधार गर्नु तथा विभिन्न सामुदायिक विकास र सबलीकरणका कामहरु गर्नु ।

मन्थली साकोस सहयोगी संस्थाहरुको बेव लिंक

तामाकोशी सेवा समिति

www.tss.org.np

 

तामाकोशी अस्पताल

www.tchospital.org.np